Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार साँझ ५ बजे, कार्यदलले आ–आफना प्रतिवेदन बुझाउने

Loading

काठमाडौं । पार्टी एकता कहिले हुने र कहिले नहुने तरंगकाबीच मंगलबार साँझ शीर्ष नेता सम्मिलित एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार आपसी छलफलपछि मंगलाबारका लागि समितिको बैठक निश्चित गरेका हुन ।

बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझाउने छन् । प्रतिवेदन तयार नभएकाले एकता संयोजन समितिको बैठक पनि बस्न सकेको थिएन । कार्यदलको प्रतिवेदनका आधारमा पार्टी एकता घोषणा गर्ने सहमति भएको छ ।

दुवै कार्यदलले झण्डै डेढ महिना लगाएर प्रतिवेदन तयार पारेसँगै अध्यक्षद्वय ओली र दाहालले मंगलबार प्रतिवेदन बुझ्ने भएका हुन् । प्रतिवेदन र त्यसमा समेटिएका विषयवस्तुबारे एकता संयोजन समितिमा बृहत छलफल हुनेछ ।

यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगावै पार्टी एकता घोषणा गर्ने भनिए पनि आन्तरिक तथा प्राविधिक विषयमा सहमति बाँकी नै रहेकाले नेताहरूले वैशाख ९ गतेलाई पार्टी एकता घोषणाको ‘बटमलाइन’ बनाएका छन् ।

कार्यदलस्तरमा अधिकांश विषयमा पार्टी एकताका आधारमा एमाले र माओवादीबीच सहमति भए पनि पार्टीको चिन्ह, जनयुद्ध र केन्द्रीय समितिममा विवाद भएपछि सहमति जुटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed