Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अर्थमन्त्रीको श्वेतपेपरमाथि कांग्रेस नेता महतको प्रहार : ‘यो श्वेतपत्र होइन रेडपेपर हो’

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रको कडा आलोचना गरेका छन् ।

आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै डा. महतले अर्थमन्त्री खतिवडाले ल्याएको श्वेतपत्रमा हुनुपर्ने कुनै गुण नभएको टिप्पणी गरे । तथ्यांकलाई असान्दर्भिक समयमा उल्टो ब्याख्या गरी अर्थतन्त्रलाई खराब देखाउन खोजेको उनको आरोप छ ।

“श्वेपत्रमा हुनुपर्ने गुण नै छैन,” डा. महतले भने, “नराम्रा कुराहरु मात्रै अघि सारेर देखाउन खोजियो । सकारात्मक पक्ष दबाइयो । अर्थमन्त्रीको प्रोफेसनालिज्म देखिएन । काठमाडौंको तस्बिर देखाउनुपर्यो भने फोहोर मात्रै देखाउन खोजिएजस्तो श्वेतपत्र ल्याइयो ।”
अहिले तथ्यांक खराब देखाएर पछि आफूले यति गरेँ भनेर देखाउन यस्तो ल्याइएको डा. महतको भनाई थियो । “यो श्वेतपत्र होइन, रेडपेपरजस्तो देखियो,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed