Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो

Loading

बेइजिङ,चैत ।
आफ्नो मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष प्रशान्त महासागरमा खसेको छ ।‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो ।
वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ । केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन् । यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए ।

तर चीनले दावी गर्दै आएझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed