![]()
काठमाडौं । १८ दिनअघि पक्राउ परेका गणेश लामाको साथबाट बरामद पेस्तोल र होटलमा भेटिएको गोली उनकै भएको पुष्टि भएको छ । पेस्तोल र गोलीको खोका म्याच भएपछि लामाले नै गोली चलाएको प्रमाण बलियो बनेको छ ।
गोली चलेको आवाज सुनेपछि प्रहरी पुगेर हेर्दा लामाको हातबाट पेस्तोल बरामद भएको थियो। घटनास्थलमा भेटिएको गोलीको खोका सोही पेस्तोलबाट फायर भएको ल्याब परीक्षणमा देखिएको हो ।
लामाले उक्त पेस्तोल आफ्नो नभएको बताउँदै आएका छन्। लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।


