Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डीपीएलको उद्घाटन खेलमा धनगढी चौराहद्वारा काठमाडौं गोल्डेन्सलाई १४६ रनको चुनौती, गोल्डेन्सका आलमको ह्याट्रिक

Loading

कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमा धनगढी चौराहले काठमाडौं गोल्डेन्सलाई जितका लागि १४६ रनको लक्ष्य प्रदान गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको हो । उसका लागि आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाए भने शंकर रानाले ३६ रन जोडे ।

काठमाडौं गोल्डेन्सका लागि साहब आलमले हृयाट्रिक विकेट लिएका छन् । उनले १८ औं ओभरमा लगातार तीन विकेट लिएका हुन । तेस्रो बलमा सुजिन धमलाकको विकेट लिएका आलमले अर्को बलमा सोमपाल कामी र त्यसपछिको बलमा सोनु तामाङलाई आउट गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed