Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिका : भिसाका लागि समाजिक संजालको खाता उपलब्ध गराउनुपर्ने नयाँ प्रस्ताव

Loading

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विवरणको अभिलेख संकलन गर्न चाहेको जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले गरेको उक्त प्रस्ताव अनुसार प्रवेशाज्ञा अर्थात् भिसाका लागि आवेदन दिने सबैले आफ्ना ट्विटर र फेसबुक खाताका विवरण उपलब्ध गराउनुपर्ने हुन्छ।

पछिल्लो पाँच वर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका खाताहरूका बारेमा पनि जानकारी उपलब्ध गराउनुपर्नेछ। नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइए त्यसले १ करोड ४७ लाखभन्दा बढी मानिसलाई प्रभावित पार्नेछ।

त्यसरी संकलन गरिएका सूचना जानकारी हासिल गर्न र आप्रवासी वा गैरअप्रवासी प्रवेशाज्ञाको निवेदन दिएका व्यक्तिहरू उपयुक्त वा अनुपयुक्त भएको निर्धारण गर्न प्रयोग गरिनेछ।

निवेदकहरूलाई पाँच वर्षसम्म प्रयोग गरेका टेलिफोन नम्बरहरू, इमेल ठेगानाहरू र यात्रा इतिहाससम्बन्धी विवरण पनि उपलब्ध गराउन भनिनेछ। उनीहरूलाई कूनै देशबाट कहिल्यै देश निकाला गरिएको थियो वा थिएन भनेर सोधिनेछ अनि कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको जानकारी दिन भनिनेछ।

अमेरिकाले प्रवेशाज्ञा विना नै यात्रा गर्न अनुमति दिएका देशहरू जस्तै संयुक्त अधिराज्य, क्यानडा, फ्रान्स र जर्मनीका नागरिकलाई भने यो प्रस्तावले असर गर्नेछैन। तर त्यस्तो उन्मुक्ति नदिइएका देशहरू जस्तै भारत, चीन र मेक्सिकोका नागरिकहरू काम वा बिदाका लागि अमेरिका जान चाहँदा नयाँ प्रावधानहरूका कारण समस्यामा पर्न सक्छन्।

गत मे महिनामा ल्याइएका नियमहरू अन्तर्गत अधिकारीहरूलाई यदि परिचय पुष्टि गर्न वा गम्भीर प्रकृतिको राष्ट्रिय सुरक्षासम्बन्धी जाँच गर्न आवश्यक परे मानिसहरूका सामाजिक सञ्जालका ’ह्यान्डल’ हरूका जानकारी माग्न भनिएको त्यसबेला विदेश मन्त्रालयका अधिकारीहरूले बताएका थिए।

अहिलेको कडा प्रस्ताव राष्ट्रपति ट्रम्पले आतंकवादसँग लड्न अमेरिका प्रवेश गर्नुअघि विदेशी नागरिकमाथीकि ’निगरानीलाई कडा’ बनाउने वाचा गरेपछि आएको हो।

यो अवधारणालाई अफिस अफ म्यानेजेमेन्ट एण्ड बजेटले अनुमोदन गर्नुपर्नेछ। सर्वसाधारणले त्यसबारे दूई महिना आफ्ना प्रतिक्रिया दिन पाउनेछन्। त्यसपछि मात्रै उक्त निकायले निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed