![]()
एजेन्सी । सन राइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले कप्तानबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिका विरुद्धको टेष्ट खेलमा वार्नर बल बिगारेको विवादमा मुछिएका थिए । उनीसहित अष्ट्रेलियन कप्तान स्मिथमाथि अष्ट्रेलियन क्रिकेट बोर्डले छानबिन गरिरहेको छ ।
सनराइजर्स हैदराबादको अफिसियल ट्विटरले वार्नरले कप्तानबाट राजीनामा दिएको उल्लेख गरेको छ ।
वार्नरको कप्तानीमा सन् २०१६ को इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादले जितेको थियो । कप्तानबाट वार्नरले राजीनामा दिएसँगै हैदराबादको कप्तान कसलाई बनाउने भन्ने विषयमा चर्चा चलिरहेको हैदराबादले आफ्नो ट्विटरमा उल्लेख गरेको छ ।


