![]()
एजेन्सी । मैत्रीपूर्ण फुटबलमा अर्जे्न्टिना स्पेनसँग भारी गोलअन्तरले पराजित भएको छ । विश्वकपको तयारीमा रहेको अर्जे्न्टिना स्पेनसँग ६–१ गोलअन्तरले पराजित भएको हो । खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भने थिएनन ।
घरेलु टोली स्पेनको जितमा इस्कोले ह्याट्रिक गोल गरे । खेलको पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको स्पेनले दोस्रो हाफमा थप ४ गोल गरेको थियो ।
खेलको १२औं मिनेटमा नै डिएगो कोस्टाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा इस्कोले गोल गर्दै स्पेनलाई २–० गोलको दोब्बर अग्रतामा र्पुयाएका थिए । खेलको ३९औं मिनेटमा अर्जे्न्टिनाका निकोलस ओटमेन्डीले गोल गर्दै २–१ को स्थितिमा र्पुयाएका थिए ।
२–१ गोलअन्तरले पहिलो हाफमा अग्रता बनाएको स्पेनले दोस्रो हाफमा ४ गोल गर्दा अर्जे्न्टिनाले भने खराब प्रदर्शन गर्न पुग्यो । खेलको ५२ औं मिनेटमा इस्कोले नै गोल गर्दै स्पेनलाई ३–१ गोलको अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै थियगो अल्कान्टराले गोल गर्दै स्पेनलाई ४–१ मा र्पुयाए ।
खेलको ७३ औं मिनेटमा लगो अस्पासले गोल गरेपछि स्पेन ५–१ गोलको अवस्थामा पुगेको थियो । ह्याट्रिक गोल गर्ने क्रममा इस्कोले खेलको ७४ औं मिनेटमा गोल गरे । उनको गोलसँगै अर्जे्न्टिना स्पेनसँग ६–१ गोलअन्तरले पराजित भएको हो ।


