![]()
काठमाडौं । सरकारले २२ दिनको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले तयार पारेको प्रस्तावमा बिदा कटौती गर्ने उल्लेख छ ।
धेरै सार्वजनिक बिदा दिँदा सार्वजनिक सेवा नै प्रभावित भएको र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा वाधा पुग्ने भएकाले बिदा कटौती गर्न लागिएको हो ।
यसअघिका दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेकोे छ ।
प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ । त्यस्तै, हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ ।
कुन- कुन बिदा कटौतीमा
दिवस : गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस
चाड :घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमा
जयन्ती : रामनवमी र श्रीकृष्ण जन्माष्टमी
पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)


