![]()
बीबीसी । अमेरिकी बिमानस्थलमा पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको अपमान गरिएको छ । विमानस्थलमा उनको सर्वसाधारण सरहः लामो समय ‘खानतलासी’ गरिएको छ । उनले नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ ।
उनी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ ।
सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर मात्र प्रवेश दिइएको छ ।
ट्रम्प प्रशासनले पाकिस्तान सरकारप्रति कडा रबैया अपनाउँदै आएको छ । डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग कटौती गरेको छ ।

