Breaking News.... EverestOnlineKhabar
June 4, 2026

गीत चोरेको अभियोगमा चलचित्र‘कृ’ का निर्माता सुवास गिरी प्रहरी खोरमा

Loading

काठमाडौ,चैत ।
अनमोल केसी अभिनित नेपाली चलचित्र ‘कु’ का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो फिल्मबाट गीत चोरी गरेको अभियोगमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो । चलचित्र निर्माता तथा निर्देशक सम्भु प्रधानले आफूले निर्माण गरेको फिल्मको गीत बिनाअनुमति ‘कृ’ फिल्ममा समावेश गरेको भन्दै फिल्मका निर्माताविरुद्ध उजुरी दिएका थिए ।
प्रधानले २०४३ सालमा निर्माण गरेको ‘सम्झना’ चलचित्रको ‘उकालीमा अघि अघि’ बोलको गीत चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रधानले फिल्मका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । तर भुवन केसीले भने आफू निर्माता नभएको बयान दिएका छन् ।
चलचित्र विकाश बोर्डले समेत ‘कृ’ चलचित्रको निर्माता सुवास गिरी भएको पत्र पठाएपछि उनलाई नियन्त्रण लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed