![]()
काठमाडौं । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले फेसबुकसहित सामाजिक सञ्जालहरुको नियमनका लागि कानुन बनाउन माग गरेका छन ।
राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद बिडारीले यस्ता सञ्जालहरुको नियमन गर्ने कानुन नबने देशलाई नोक्सान पुग्ने जिकीर गरे । उनले भने, ‘’हिजोआज फेसबुक एकाउन्ट नहुने मान्छे नै छैन, ट्वीटर, ह्वाट्स एपका कुरै छाडौं, सबैले जथाभावी चलाइरहेका छन,’ बिडारीले भने, ’यसका लागि नियमन गर्ने कानुन भएन भने देशलाई नोक्सान पुग्छ।’
सामाजिक सञ्जालमा विवादास्पद र घृणाजन्य अभिव्यक्ति फैलाउनेको भिड बढेकाले यस्तो कार्य तत्काल नियन्त्रणमा लिनुपर्ने उनको माग थियो।
पुस १५ मा सर्वोच्च अदालतले सामाजिक संजाल तथा इन्टरनेटका माध्यमबाट हुने घृणाजन्य अभिव्यक्ति नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था परिमार्जनका लागि निर्देशनात्मक आदेश जारी गरेको छ।


