Breaking News.... EverestOnlineKhabar
October 3, 2026

‘ईयू’ प्रतिवेदनबारे राष्ट्रियसभामा पनि हल्लीखल्ली, राजपा र फोरम प्रतिवेदनको पक्षमा

Loading

काठमाडौं । नेपालको संविधान र निर्वाचनप्रति युरोपियन युनिएन (ईयू) ले सार्वजनिक गरेको प्रतिवेदनलाई लिएर राष्ट्रियसभा बैठकमा पनि हल्लीखल्ली भएको छ । ईयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन बारे सांसदहरु बिभाजित भएका छन् ।

एमाले, कांग्रेस र माओवादीका सांसदहरुले ईयु प्रतिवेदनको बिरोध गरेका छन् भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) का सांसदले समर्थन जनाएका छन् ।

बैठकमा बोल्दै कांग्रेसका बद्री पाण्डेयले ईयुको उक्त प्रतिवेदनले नेपालको संविधान माथि हस्तक्षेप गरेको भन्दै स्वीकार्न नसकिने बताए ।
एमालेका शेरबहादुर कुवँरले नेपाली जनता मिलेर देख्न नसक्नेले संविधान जारी गर्दा पनि यस्तै बिरोध गरेको भन्दै अहिले सुझाव भन्दा पनि निर्देशन जस्तै आएको आरोप लगाए ।

माओवादीका रामनारायण बिडारीले विदेशी पैंसाले नेपालको धर्म निरपेक्षता माथि चलखेल भएकाले सरकारले प्रतिरक्षा गर्नुपर्ने बताए । सांसद उदय शर्मा पौडैलले ईयुले आफनो दायरा भुलेर घातक प्रतिवेदन दिएको आरोप लगाए । एमालेकी कोमल ओलीले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धमिल्याउने कोशिश भएको बताइन ।

राजपा सांसद ब्रिशेशचन्द्रलालले भने निर्वाचन प्रतिवेदन ईयुको सुझाव भएकाले यसलाई हस्तक्षेप भन्न नमिल्ने बताए । संघीय समाजवादी फोरमकी प्रमिला कुमारीले प्रतिवेदन सकारात्मक रुपमा लिनुपर्ने र गलत अर्थ नलगाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed