![]()
कठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको डिजिटल पार्टनरको रुपमा आईफ्लिक्स जोडिएको छ । डीपीएल क्रिकेट र मनोरञ्जन सेवा प्रदायक आईफ्लिक्सले सोमबार डिजिटल पार्टनरको सम्झौता गरेको छ ।
डीपीएल क्रिकेटसँगको सम्झौतासँगै आईफ्लिक्सले डीपीएलका खेलहरु विशेष प्रशारण गर्नेछ । यो सम्झौतासँगै आईफ्लिक्स सब्सक्राइबर ग्राहकले डीपीएलका खेलहरु लाइभ हेर्न पाउनेछन् । त्यस्तै प्रतियोगिता सकिएपछि पनि आफूलाई मन पर्ने खेलहरू अनलाइनमै हेर्न वा डाउनलोड गरेर पनि हेर्न सक्ने छन् ।
डीपीएल क्रिकेटको दोस्रो संस्करण चैत १७ गतेबाट सुरु हुँदैछ । यो संस्करणमा विराटनगर किङ्गस, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले सहभागिता जनाएका छन् ।


