Breaking News.... EverestOnlineKhabar
June 4, 2026

खुमबहादुरको स्वास्थ्यमा सुधार नआएपछि सशांकसहितका नेता दिल्लीमा

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्थामा सुधार नआएपछि महामन्त्री डा. सशांका कोइरालासहितका नेता दिल्ली पुगेका छन । खड्काको स्वास्थ्य अवस्था बुझन महामन्त्री कोइराला केन्द्रीय समितिको बैठक छाडेर दिल्ली पुगेका हुन ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्य विग्रिएपछि एक महिनाअघि एपोलो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । उनको लिभरले काम गर्न नसकेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा कुनैपनि सुधार आउन सकेको छैन ।

खड्काको स्वास्थ्य अवस्था बुझ्नका लागि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि दिल्ली गएका छन् । कांग्रेस ललितपुर जिल्ला सदस्य मीनकृष्ण महर्जन, देवेन्द्रराज कँडेल, तरुण दलका नेता महेश श्रेष्ठ पनि एपोलो अस्पताल पुगेका छन ।

खड्काको स्वास्थ्यको कामना गर्दै काठमाडौंमा भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोक सहितका मन्दिरमा पूजाअर्चना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed