Breaking News.... EverestOnlineKhabar
June 4, 2026

त्रिभुवन बिमानस्थल २४ सै घण्टा संचालन गर्ने पर्यटन मन्त्रीको घोषणा

Loading

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन्।

विमानस्थल संचालन अवधि बढेसँगै शहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ । “राजधानीलाई पनि १८ घण्टा जागा बनाउँछु। भविष्यमा २४ सै घण्टा काठमाडौं खुला हुन्छ।” उनले भने ।

मन्त्री अधिकारीले गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए। विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने बताए।

अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed