![]()
एजेन्सी,चैत ।
रुसमा हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको स्विडेन अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा स्विडेन चिलीसँग २ – १ ले पराजित भएको हो ।
स्विडेनलाई उसैको मैदानमा हराउन चिलीका लागी अर्टुरो भिडाल र मार्कोस बोलाडोसले समान एक एक गोल गरे । घरेलु टोलीका लागि ओला टोईभोनेनले एक गोल फर्काएका थिए ।
फ्रेन्ड्स एरिनामा खेलको २२ औं मिनेटमा भिडालले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेट नबित्दै स्विडेनका टोईभोनेनले गोल गर्दा पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफको अन्तिम समयमा बोलाडोसले गोल गर्दै चिलीलाई २ – १ को जित दिलाए ।
आगामी जेठमा हुने रुस विश्वकपमा स्विडेन समूह एफ मा रहेको छ । स्विडेनले दक्षिण कोरियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । चिलीले भने यो पटकको विश्वकपमा स्थान बनाउन सकेन ।


