Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिकाद्वारा चीनमाथि नयाँ प्रतिबन्धको घोषणा

Loading

एजेन्सी,चैत ।
अमेरिकाले चीनविरुद्धको प्रतिबन्ध अन्तर्गत चिनियाँ सामानमा ६० अर्ब डलरको शुल्क लगाउने र आफ्नो मुलुकमा चीनको लगानीलाई पनि सीमित गराउने निर्णय गरेको छ । चीनले वर्षौँदेखि गरिरहेको बौद्धिक सम्पतिको चोरीका विरुद्धमा अमेरिकाले सो कदम उठाएको दावी गरिएको छ ।
चिनियाँ अर्थव्यवस्थाको अन्यायपूर्ण चुनौतिसँग प्रतिस्पर्धा गर्नका लागि उचित कदम उठाउन जरुरी भइसकेको ह्वाइट हाउसले बताएको हो । उता चीनले भने कुनैपनि कदम उठाउनुअघि त्यसको परिणाम भोग्न तयार रहन अमेरिकालाई चेतावनी दिइसकेको छ । यसअघि ट्रम्प प्रशासनले स्टील र अल्मुनियम सहित अन्य थुप्रै विदेशी सामानको आयात शुल्क बढाउने घोषणा गरेको थियो । त्यसै समयदेखि अमेरिकाले विश्वमा नयाँ आर्थिक युद्धको सुरुवात गरेको बताइन्छ । यस फैसलापछि राष्ट्रपति ट्रम्पले अबदेखि सबै देशहरुले अमेरिकी कम्पनीसँग बराबरीको शर्त राख्ने अपेक्षा गरेको बताएका थिए ।
यसरी चीनमाथि शुल्क लगाउने निर्णय सुनाउनुअघि गतवर्ष ट्रम्पले चिनियाँ नीतिको परीक्षण गर्न आदेश दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed