Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रम ओलीको भारत भ्रमण अगावै एमाले–माओवादी केन्द्रबीच एकताको घोषणा गर्ने तयारीःएकताको खाका तयार

Loading

काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यही महिनाको २३ गतेबाट हुने भनिएसँगै नेकपा एमाले र माओवादी केन्द्रको एकता कार्य पनि टुंग्याउने डेडलाइन भ्रमण मितिलाई नै बनाइएको छ । दुई दल एकताको कार्यदलले सोमबारसम्म काम सक्ने र १४ गतेभित्र संयोजन समितिको बैठक बस्ने तथा २३ गतेभित्रै पार्टी एकताको औपचारिक घोषणा गरिने तयारी छ । एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी ३०० देखि ३५० सदस्यीय बन्ने संभावना देखिएको छ । सुरुमा एमालेका २०६ तथा माओवादीका ९९ सदस्यलाई केन्द्रीय सदस्यमा राखिने बताइए पनि दुवैतर्फका थप केही व्यक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले यो संख्या ३५० सम्म पुग्नसक्ने एमाले स्रोतले जनाएको छ ।
केन्द्रीय कमिटीको एक तिहाइ अर्थात करिब १०० जनाको पोलिटब्युरो तथा ३५ जना बराबरको स्थायी समिति बनाउने तयारी रहेको छ । केन्द्रको एकीकरणपछि प्रदेश र जिल्ला तहको एकीकरण गरिने तयारी रहेको छ ।
प्रदेशमा ५० देखि ११५ तथा जिल्लामा १५० देखि २५० सदस्य रहने व्यवस्था गरिदै छ । एकता प्रक्रियापश्चात् दुई वर्षभित्र सर्वसम्मत नेतृत्व चयन हुने गरी एकता महाधिवेशन हुने पनि स्रोतको दावी छ । विधान मस्यौदा कार्यदलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामती कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्तर्गत राखेर जनसंगठन बनाउने समझदारी भएको जनाईएको छ । त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान संघ, किसान महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी भएको छ । युवा संघ नेपाल र वाईसीएल एकतापछिको नाम के राख्ने भन्ने टुंगो लागेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed