Breaking News.... EverestOnlineKhabar
August 16, 2026

उच्च अदालतका ८० न्यायाधीश नियुक्तिबिरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन, सुनुवाइ फेरि सर्यो

Loading

काठमाडौं । उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिबिरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला हुने मिति फेरि सरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रका कारण मुद्दा सरेको हो ।

उक्त मुद्दा न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा थियो । सोही इजलासले निर्णय सुनाउनुपर्नेमा न्यायाधीश मिश्र न्यायपरिषद्को सदस्य समेत बनेपछि मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो । मुद्दामा न्यायपरिषद्लाई समेत विपक्षी बनाइएको थियो । आफू सदस्य रहेको परिषद्विरुद्धको मुद्दा न्यायाधीश मिश्रले हेर्न नमिल्ने भएको हो ।

अब मुद्दा कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी र वरिष्ठतम् न्यायाधीश मिश्र बाहेकको इजलासमा पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.