![]()
एजेन्सी । बलिउड हिरोइन तथा निर्देशक पूजा भट्टले आफना बाबु महेश भट्टमाथि पुस्तक लेख्न थालेकी छिन । आफनो दोस्रो पुस्तक आफनै बाबुमाथि आधारित हुने भन्दै उनले काम समेत सुरु गरिसकेकी छिन ।
पुजाले भनिन, ‘विवादित, निडर र रोचक फिल्म निर्देशकको छवि बनाएका महेश भट्टमाथि पुस्तक लेख्दै छु, यो मेरो बुबामाथिको हुनेछ।’
पूजासामु चर्चित निर्देशक भट्टका जीवनका पाटो खोतल्न कुनै वाधा छैन। पूजामात्र होइन महेश भट्टसँग बलिउड फिल्म इन्ड्रस्टीकै एउटा सिंगो पुस्ता प्रभावित छ।

पूजालाई अटोबायोग्राफी लेख्ने सुझाव पनि आएको थियो । उनले भनिन, ’मेरा एकजना साथीले अटोबायोग्राफी लेख्न सुझाएका थिए। तर, अटोबायोग्राफीमा सत्य लेख्नुपर्छ। र, म त्यसो गर्न सक्दिन किनकि मसँगै धेरै मानिसहरु जोडिएका छन्। ती कुरालाई लुकाएर मेरो जीवनमा छ नै के? जब मेरो उमेर बढ्दै गएँ मैले महसुस गरेँ कि मेरो सत्य अरुको जीवनका लागि सह्य नहुनसक्छ।’
पूजाले आफनै बाबुमाथि लेख्ने पुस्तक पढन केही समय कुर्नैपर्ने छ ।


