Breaking News.... EverestOnlineKhabar
June 4, 2026

न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको इतिहासकै खराब प्रदर्शन, टेष्ट म्याचमा ५८ रनमा अलआउट

Loading

एजेन्सी । २ खेलको टेष्ट क्रिकेटमा पाहुना टोली इंग्ल्याण्डले न्यूजील्याण्ड विरुद्ध इतिहासकै खराब प्रदर्शन गर्दै ५८ रनमा अलआउट भएको छ ।

न्यूजील्याण्डको इडन पार्कमा जारी टेष्ट क्रिकेटको पहिलो खेलमा इंग्ल्याण्डले २०.४ ओभरमा सबै विकेटको क्षतिमा ५८ रन मात्रै बनाउनसक्यो । इंग्ल्याण्डका क्र्याइग ओभरटनले ३३ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका ५ जना अग्रपंतिका ब्याट्सम्यान शुन्य रनमा नै आउट भएका थिए । इंग्ल्याण्डलाई सस्तैमा अलआउट गराउन टे«न्ट बोल्टले ६ र टीम साउथी ४ विकेट लिए ।

इंग्ल्याण्डको टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोर अष्ट्रेलिया विरुद्ध छ । सन् १९८७ मा भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४५ रनमा नै अलआउट गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed