Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बुकिङ खोल्यो चलचित्र ‘शत्रु गते’ ले……

Loading

काठमाडौ,चैत ।
चलचित्र‘शत्रु गते’ ले बुकिङ खुला गरेको छ । यहि शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बुधवारबाट बुकिङ खुल्ला गरिएको निर्माण पक्षले जनाएको छ । देशभरका ११४ हलमा प्रदर्शन हुने चलचित्रले मल्टिप्लेक्समा अधिंकास सो पाएको छ । चलचित्रलाई देशभरबार क्युएफएक्समा मात्र ४० भन्दा धेरै सो पाएको निर्देशक प्रदीप भट्टराइले बताए ।
काठमाडौँको एफ क्युबमा ८, सीडस्सीमा १०, क्युज सिनेमामा ७ र बीएसआरमा ८ सो पाएको छ । सोलो रिलजको अवसर पाएको ‘शत्रु गते’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।  मह सञ्चारको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा हरिवंश आचार्यको कथा रहेको छ भने पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीको रहेको छ ।
चलचित्रमा महजोडीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, आँचल शर्मा, पल शाहलगायतले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed