Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

रौतहट । रौतहटमा हतियारधारी समूहले इँटा उद्योगमा कार्यरत एक मजदुरमाथि गोली प्रहार गरेको छ ।

कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ नजिकको नेम इँटा उद्योगका मजदुर ५१ वर्षीय रामअशिष यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनको ढाडमा गोली लागेको छ।

गोली लागेर घाइते यादवको वीरगञ्जमा उपचार भईरहेको छ। गोली प्रहार गर्नेको पहिचान भएको छैन। घटनामा संलग्न रहेको आशंकामा संगै काम गर्ने एक मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed