Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बुटवलबाट बाग्लुङ जाँदै गरेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते

Loading

बाग्लुङ,चैत ।
बाग्लुङको ढोरपाटन नगरपालिका–१ गरगरेमा आज बिहान यात्रुबस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् । रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस मंगलबार बिहान साढे चार बजे दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार १५ जना यात्रुहरुलाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेमध्ये एक जना भारतीय नागरिकको अवस्था गम्भीर छ । उनको शरीरमा ठूलो घाउ लागेको छ ।
रानाका अनुसार एकजना बृद्धाको अवस्था अज्ञात छ । उनले भनेः‘खोलामा खोजिरहेका छौ तर अझै भेटिएको छैन । अब मेसिन ल्याएर बस मुनि हेर्छौं ।’
बस सडकबाट करिब २५ मिटर तल बडीगाड खोलामा खसेको छ । बस चालक निदाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed