![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध मोर्चाबन्दी गरिरहेका नेताद्धय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बिधान संशोधन गरेर पेल्ने नीति लिएका छन ।
चैत ९ गते केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला पक्षले देउवालाई पेल्न मोर्चाबन्दी गर्न थालेपछि देउवाले बिधान संशोधनको अस्त्र प्रयोग गर्न लागेका हुन ।
देउवा निकट नेताहरुका अनुसार सभापति देउवा र उनको टिम यतिवेला विधान संशोधन गरेर पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । जसअनुसार एक जना बरिष्ठ उपसभापतिसहित ४ जना उपसभापति र एक महामन्त्री मनोनित गरिने छ । उपसभापतिमा नेता गोपालमान श्रेष्ठलाई मनोनित गर्ने सम्भावना बलियो छ । सोही अनुसार आफु निकट नेतालाई उपसभापति बनाउने तयारीमा देउवा निकट नेता बिमलेन्द्र निधि, बालकृष्ण खाँण लगायत लागेका छन ।
सभापति देउवाले बिजय गच्छदारलाई महामन्त्री मनोनित गर्ने सम्भावना पनि उच्च रहेको छ ।
त्यतिमात्रै नभएर उनले ७ वटै प्रदेशमा सह–महामन्त्री बनाउनेगरि विधान संशोधनको तयारी थालेको स्रोतको दाबी छ । पदाधिकारीमा आफ्ना मान्छेहरुलाई नियुक्त गरेर पौडेल र सिटौला समूहलाई पेलेर अघि बढ्ने देउवाको रणनीति छ ।


