Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

Loading

काठमाडौ,चैत ।
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछन् । विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्न सफल नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछन् ।
नेपाली टोली आज साँझ ५ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली दुबईको ट्रान्जिट हुँदै स्वदेश फर्कन लागेका हुन् ।
कुल १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहन सफल भएको थियो । तर, नेपालले आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता पाएको थियो ।
नेपालले आईसीसीबाट सन् २०२२ सम्मको लागि एकदिवसीय मान्यता पाएको हो । यो नेपाली क्रिकेटको २२ वर्षे क्रिकेट यात्रामा सबैभन्दा ठूलो सफलता हो । एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि नेपालले पहिलोपटक एकदिवसीय मान्यता पाएको हो ।
यस्तै नेपालले प्रतियोगितामा आईसीसीबाट सी ग्रेड प्राप्त गरेको थियो । छनोटको सुपर सिक्स पुग्न असफल नेपालले समूह चरणमा ३ खेलमा हार बेहोरेको थियो भने एक खेलमा जित हात पारेको थियो ।
पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको जित दर्ता गराएको थियो ।
यस्तै नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एक दिवसीय मान्यता पाएको थियो । तर, नेपाल सातौँ स्थानको लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed