Breaking News.... EverestOnlineKhabar
June 5, 2026

दीगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य : पूर्व प्रधानमन्त्री खनाल

Loading

इलाम । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान बिश्वकै उत्कृष्ठ संविधान भएको र अब कार्यान्वयनमा अघि बढिसकेको बताउनु भएको छ ।

ने.क.पा. (एमाले) इलामको सभाकक्षमा आयोजित “कार्यकर्ता भेटघाट कार्यक्रम“ लाई सम्बोधन गर्दै नेता खनालले तीन तहको निर्वाचनसँगै देशले नयाँ संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पाइसकेको उल्लेख गर्दै अब मुलुक विकास र समृद्धितर्फ अग्रसर भएको उल्लेख गर्नुभयो ।

खनालले भन्नुभयो, ‘१० वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ठ संविधान हो, देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।’

स्थायी सरकार भएकाले दीगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उहाँले बताउनुभयो । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै पूर्व प्रधानमन्त्री खनालले तालमेलविना विकास हुन नसक्ने धारणा राख्नुभयो ।

कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै खनालले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed