Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पूर्व गृहमन्त्री खडका सवार गाडी दुर्घटनाग्रस्त, खड्काको छाती र खुट्टामा चोट

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटनामा परेको छ । वीरेन्द्रनगरस्थित घरबाट छिञ्चु जाने क्रममा खड्का सवार बा १५ च ८३५२ नम्बरको हाइलक्स गाडीसुर्खेतको सत्तरीमा आइतबार दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोड्ने क्रममा दुर्घटना भएको हो । खड्काको छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक (सई) सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ ।

उनीहरु दुवैको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed