Breaking News.... EverestOnlineKhabar
June 5, 2026

रूसमा नयाँ राष्ट्रपति चयनका लागि मतदान, पुटिनको जित लगभग निश्चित

Loading

बीबीसी । रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । यो चुनावबाट वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई चौथो कार्यकालका लागि निर्वा्चित हुने अनुमान गरिएको छ ।

चुनावमा पुटिनसँगै अरु सातजना उम्मेदवार रहेका छन् । तर विजयी भने पुटिन नै हुने मत सर्वेक्षणले देखाएका छन् । पुटिनका प्रतिस्पर्धीमा पावेल ग्रुदिनिन, केसेनिया सोब्चाक र भ्लादिमिर झिरिनावस्की रहेका छन् ।

यो चुनावमा प्रमुख प्रतिपक्षी नेता एलेक्सिइ नावाल्नीलाई उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको छ । अहिलेका राष्ट्रपति राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि रुसको प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् ।

आउँदो ६ वर्षे कार्यकालका लागि भइरहेको मतदानको नतिजा आइतबार बेलुकासम्म आइपुग्ने अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed