Breaking News.... EverestOnlineKhabar
June 5, 2026

सुनसरीमा आगलागी हुँदा ६२ घर जलेर नष्ट

Loading

सुनसरी,चैत ।
सुनसरीमा आगलागी हुँदा ६२ घर जलेका छन् । बराह नगरपालिका – ११ बस्ने पुरण चौधरीको घरबाट सल्केको आगोले शनिबार राति ६२ घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । राति ८ बजेतिर विद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागी नियन्त्रणमा लिन विराटनगर, इटहरी, धरान, इनरुवा, झुम्काबाट दमकल पुगेका थिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगो निभाउने क्रममा कोशी गाउँपालिका – ३ बस्ने ४१ वर्षीय प्रभु सरदार घाइते हुनुभएको छ । उनको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed