Breaking News.... EverestOnlineKhabar
June 5, 2026

आफ्नै गढमा बीजेपीलाई जिताउन सकेनन् मोदी र योगीले

Loading

एजेन्सी,चैत ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई गुजरात तथा त्रिपुरमा भारतीय जनता पार्टी (बीजेपी) को जितमा श्रेय दिइन्छ । त्यस्तै उनलाई कर्नाटकमा हुन लागेको विधानसभा चुनावका लागि स्टार प्रचारको रुपमा पठाइँदैछ । तर मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै लोकसभा क्षेत्र तथा बीजेपीको गढ मानिने गोरखपुरमा पार्टीलाई जिताउन असफल भएका छन् ।
त्यस्तै उत्तर प्रदेशको फूलपुर क्षेत्र जहाँ बीजेपीका तत्कालीन प्रदेश अध्यक्ष केशवप्रसाद मौर्यको सिट हो । जुन व्यक्तिले विधानसभा चुनावमा बीजेपीलाई तीन चौथाई मतले विजयी गराएको थियो, उनैले आफ्नै लोकसभाको सिट पार्टीलाई जिताउन सकेनन् । जहाँ उनले लोकसभाको चुनावमा ५२ प्रतिशत मत ल्याएर विजयी भएका थिए ।
अझ आश्चर्यको कुरा त के छ भने देशमा वा राज्यमा जसको लहर भए पनि तीस वर्षदेखि गोरखपुरमा बीजेपीले नै जित्दै आएको थियो । सन् १९८९ देखि १९९६ सम्म गोरखपुरमा महन्त अवैद्यनाथ सांसद रहेका थिए । त्यसपछि उनका शिष्य योगी आदित्यनाथले २०१७सम्म गोरखपुर लोकसभा सिट जित्दै आएका थिए । उनका समर्थकले त नारा नै दिएका थिए,‘यूपीमे रहना हे, तो योगी–योगी कहना हे ।’
न योगीको लहरले काम गर्यो न त प्रधानमन्त्री मोदीको लहरले नै जादु गर्यो । दुवै सिटमा भाजपाले नराम्रो हार बेहोर्यो । पहिलो त उम्मेदवार नै गलत उठायो बीजेपीले । दोस्रो बीजेपी जातीय समीकरणमा नै फस्यो बीजेपी पनि । तेस्रो बीजेपी सरकारको कामकारवाहीबाट आम कार्यकर्ता खुशी थिएनन् । त्यस्तै प्रचार–प्रसारका लागि बीजेपीका राष्ट्रिय अध्यक्ष अमित शाह तथा प्रधानमन्त्री नरेन्द्र मोदी गएनन् ।
स्रोतका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले पार्टी अध्यक्ष अमित शाह तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्पष्ट बताएका थिए कि गोरखपुरमा केवल गोरखपुर पीठका व्यक्तिले मात्रै जित्नेछन् । तर पार्टीको केन्द्रीय नेतृत्वले गोरखपुरमा क्षेत्रीय अध्यक्ष उपेन्द्र शुक्लालाई उम्मदेवार बनायो ।
समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धन भएकै कारण बीजेपीले चुनाव हार्यो भन्नु गलत हुन्छ । पछिल्लो चुनावमा यी दुई पार्टीका उम्मेदवारले पाएको मत जोड्दा पनि बीजेपीलाई हराउन सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed