![]()
काठमाडौ,चैत ।
अन्योलका बीच सर्वोच्चको दैनिक पेशी वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले तोकेका छन्। न्याय परिषद सचिवालयले बुधबारमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएको थियो। पराजुलीले वैधानिक प्रधानन्यायाधीश आफैं भएको दावी गरे पनि पत्र अनुसार सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो। आज सबै न्यायाधीशलाई पेशी तोकिएको छ।
सोमबारदेखि मुद्दा नपाएका न्यायाधीश चोलेन्द्र शमशेर जवराले पनि मुद्दा पाएका छन्। बिदाका लागि निवेदन दिएका आठै जना न्यायाधीशको पनि इजलास तोकिएको छ। पराजुलीसँग मतभेद भएपछि आठ न्यायाधीशले बिहीबारदेखि ५ दिन बिदा बस्ने निवेदन दिएका थिए। बिदा भने स्वीकृत भएको थिएन।


