Breaking News.... EverestOnlineKhabar
June 5, 2026

विवादकाबीच विप्लव निकट क्रान्तिकारीको अध्यक्षमा ढकाल निर्वाचित

Loading

दाङ,चैत ।
दाङको घोराहीमा आयोजित विप्लव निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनको विषयलाई लिएर विवाद भएको छ । अध्यक्ष मण्डलले चिरञ्जिवी ढकालको नेतृत्वमा ५९ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरे पनि अधिकांशले अस्वीकार गरेपछि विवाद भएको हो ।
राजनीतिक तथा विधान प्रतिवेदनमाथि सामूहिक छलफलका लागि बनाइएका ११ समूहमध्ये नौ समूहले दिपेन्द्र चलाउनेलाई अध्यक्ष बनाउन माग गरेका थिए । तर, अध्यक्ष मण्डलको अध्यक्षता गरेकी प्रितिमा चौधरीले ढकालको नेतृत्वमा नयाँ समिति घोषणा गरेपछि विवाद भएको हो ।
अध्यक्ष मण्डलमा प्रितिमा चौधरीसहित लोकेश विक, नवराज भट्टराई, रुपा विक र विमल धामी थिए ।‘चौधरीले विधान पारित गरिदिन र ढकाललाई अध्यक्ष स्वीकार गरिदिन पटक–पटक बन्दसत्रमा सहभागीहरुलाई आग्रह गर्नुभयो तर हलले अस्वीकार गरेपछि ढकाललाई टीका लगाइदिएर हलको बत्ती निभाएर बाहिरिनुभयो ।’ बन्दसत्रमा सहभागी एक कार्यकर्ताले भने ।
यसअघि धादिङमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ३० वर्ष उमेर पूरा भएकालाई विद्यार्थी राजनीतिबाट विदा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ढकाललाई अध्यक्ष बनाइएको हो । तर, उनीभन्दा सिनियर अरु हुँदाहुँदै जुनियरलाई अध्यक्ष बनाइएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed