![]()
काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध निर्वा्चित भएका छन् । एमाले सांसद तिमिल्सिनाको एक मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन । निर्वा्चित भएको औपचारिक घोषणा भने बुधबार मात्र राष्ट्रियसभा बैठकले गर्नेछ ।
तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल थिए । राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।
तिमिल्सिना एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश ४ को सहसंयोजक हुन् । पार्टी्भित्र प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् ।


