Breaking News.... EverestOnlineKhabar
June 5, 2026

युभेन्टस शीर्ष स्थानमा फर्कियो

Loading

एजेन्सी,फागुन ।
युभेन्टस इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति उडिनेसलाई २ – ० ले हराउदै युभेन्टस लिगको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा पाउल ड्याबलाले दुई गोल गरे । युभेन्टसलाई शीर्ष स्थानमा फर्काउन ड्याबलाले दुवै हाफमा समान एक एक गोल गरेका थिए ।
एलिनाज स्टेडियममा खेलको २० औं मिनेटमा ड्याबलाले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा युभेन्टसले अग्रता दोब्बर बनाउने मौका गुमायो । पाएको पेनाल्टीमा गोन्जालो हिगुईनले गोल गर्न सकेनन् । तर, खेलको ४९ औं मिनेटमा ड्याबलाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २ – ० को जित दिलाए ।
यो जितपछि युभेन्टसले २७ खेलबाट ७१ अंक जोडेको छ । युभेन्टस दोस्रो स्थानको नापोली भन्दा १ अंकले अघि छ । पराजित उडिनेस ३३ अंक जोडेर लिगको ११ औं स्थानमा छ । आइतबार राति नै इन्टर मिलानसँग गोलरहित बराबरी खेलेको नापोलीले २८ खेलबाट ७० अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed