![]()
बेइजिङ,फागुन ।
चीनको नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्ने भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ । अब सी अनिश्चितकालसम्म राष्ट्रपति बन्न सक्नेछन् । गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो ।
दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्यसँगै सीको अनिश्चितकालका लागि बाटो खुला भएको हो । उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतः अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने विश्वास गरिएको छ । कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिए भने तीन जना अनुपस्थित रहेका थिए । अरू देशको संसद जस्तै चीनमा नेशनल पिपुल्स कंग्रेस सबैभन्दा शक्तिशाली कानून बनाउने निकाय हो ।
देङ सियाओपिङले सन् १९८२ मा ल्याएको कार्यकालमा सीमा तोक्ने व्यवस्था हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन्। चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो । राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।


