Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बोक्सी भन्दै युवतीलाई यातना दिनेहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

Loading

कैलाली,फागुन ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। अदालतमा बोक्सी अपराध दण्ड सजाय ऐन अनुसार मुद्दा दर्ता गरी पीडकहरु विरुद्ध म्याद थप गरिएको कैलाली प्रहरीले जनाएको छ । सो ऐनमा कसुरको मात्रा हेरी दुई वर्षदेखि ८ वर्षसम्म जेल सजाय र ५० हजारसम्म जरिवाना भराउने प्रावधान छ।
प्रहरीले कुटपिटमा संलग्न मुख्य व्यक्ति भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार साँझ पक्राउ गरेको थियो भने उनकी सहयोगी २० वर्षीया किस्मिता चौधरी (पार्वतीमाता) आइतबार बिहान पक्राउ परेकी छन्। गत बिहीबार ‘बोक्सी’ भगाउन भन्दै ६ घन्टासम्म राधामाथि कुटपिट भएको थियो। उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ।
प्रहरीले भनेः‘ प्रहरीले जाहेरी आएका सबै व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ, हामीले अनुसन्धान अघि बढाएका छौं, अन्यका नाम खुलेमा पक्राउ गरी कारबाही अघि बढाउँछौं।’ यस्तै, इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिनेशबहादुर विष्टलाई पनि कारबाही गरिएको छ। प्रहरी ऐन नियम अनुसार प्रनानि विष्टलाई निलम्बन गरिएको छ ।
प्रनानि विष्टले सो घटनामा जाहेरी नलिई पीडकको पक्षमा काम गरेका थिए। उनले घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकायाको दबाबमा घटनालाई मिलापत्र गराएर साम्य पार्न खोजेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed