![]()
एजेन्सी । ट्राइ सिरिज टि – ट्वान्टी क्रिकेट अन्तर्गतको निदास ट्रफीमा बंगलादेशले श्रीलंकलाई पराजित गरेको छ । पहिलो खेलमा भारतसँग पराजित बंगलादेशले श्रीलंकालाई उसैको मैदानमा ५ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २१५ रनको लक्ष्य बंगलादेशले २ बल बाकीं रहदा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित ७२ रनको योगदान दिए । त्यस्तै तमिम इकबालले ४७, लिटोन दासले ४३, सौम्य सरकारले २४ तथा महमदउल्लाहले २० रनको योगदान गरे । श्रीलंकाका लागि नुवान प्रदिपले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभरमा ६ विकेट गुमाएर २१४ रनको योगफल तयार गरेको थियो । श्रीलंकाको लागि कुशल परेराले ७४ तथा कुशल मेन्डिसले ५७ रनको योगदान गरेका थिए ।
यो जितसँगै बंगलादेशले सिरिजको अंक तालिका २ अंक जोडेको छ । यस्तै श्रीलंका र भारतले पनि समान २ – २ अंक जोडेका छन ।


