Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । चीनको न्यास्नल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई अनुमोदन गरिदै छ ।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतः अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने ठानिएको छ।

देङ सियाओपिङले सन् १९८२ मा ल्याएको उक्त व्यवस्था हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन्। चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए। त्यसको साटो उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गरेका थिए र पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए। त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङकै हैसियतमा पुगेको थियो।

सन् २०२३ मा सीको कार्यकाल पूरा हुँदैछ। गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed