![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विवादास्पद कर घोषणाले अमेरिकी स्टिल उद्योगहरूलाई नयाँ जीवन दिने बताएका छन् । उनले उत्तर कोरियाली नेता किम जङ अनसँग वार्ता गर्ने आफ्नो योजनाको बचाउ गर्दै उत्तर कोरियालीहरूले शान्ति कायम गर्न चाहेको आफूलाई लागेको पनि जनाएका छन्।
स्टिल उत्पादन हुने एउटा प्रमुख राज्य पेन्सिलभेनियामा एउटा चुनार्वी यालीमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। उक्र्त याली जोखिममा परेको देखिने एउटा संसदको सिटमा रिपब्लिकन दलका उम्मेदवारलाई जिताउने प्रयासमा आयोजना गरिएको हो।
सन् २०१६ मा ट्रम्प उक्त क्षेत्रबाट सहजै विजयी भएका थिए तर सर्वेक्षणहरूले उनका सहकर्मी रिक सकोनीलाई मंगलवार हुन लागेको हाउस अफ रिप्रिजेन्टेटिभस्को सदस्यको चुनावमा डेमोक्र्याट उम्मेदवार कोनोर ल्याम्बले कडा टक्कर दिने देखाएका छन्।
यौन प्रकरणलाई लिएर गएको अक्टोबरमा रिपब्लिकन सिनेटर टिम मर्फीले राजीनामा दिएपछि यो विशेष चुनाव हुन लागेको हो।र्
यालीमा सम्बोधन गर्दै ट्रम्पले अघिल्लो महिना अमेरिकी अर्थतन्त्रले ३ लाख १३ हजार रोजगारी श्रृजना गराएको भन्दै आफ्नो नीतिहरूले काम गरिरहेको बताए। साथै स्टीलमा २५ प्रतिशत कर लगाउने घोषणाले पेन्सिलभेनियाको अर्थतन्त्रलाई बलियो बनाउने पनि धारणा राखे।
रिपब्लिकन उम्मेद्वार सकोनीले भने, “ट्रम्प प्रशासनको मजबुत एजेन्डाहरूले यहाँ पश्चिम पेन्सिलभेनियामा नतिजाहरू दिइरहेको छ । अहिलेसम्म मध्यम वर्गका मानिसले तिर्नुपर्ने करमा कटौती गरिएको छ, अर्थतन्त्र बढेको छ, सीमा सुरक्षा बलियो भएको छ र हाम्रो देश सही दिशामा अघि बढिरहेको छ।“
मंगलवार हुने चुनावलाई ट्रम्पको प्रतिष्ठासँग जोडेर पनि हेरिएको छ।


