![]()
कावुल,फागुन ।
अफगानिस्तानको फराह राज्यमा तालिवान समूहले गरेको आक्रमणमा २४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । इरानको सिमा नजिक अफगानिस्तानको बाला बुलुक जिल्लामा तालिवानविरुद्ध कारबाहीको तयारीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो ।
मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीब्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ । यसैक्रममा १० दिनअघि भएको हवाई हमलामा केही तालिवानको मृत्यु भएको थियो ।


