![]()
काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत अफगानिस्तानबिरुद्ध दीपन्द्रसिंह ऐरीले ३२ रनको योगदान दिएका छन ।
दीपेन्द्रलाई अफगानिस्तानका कप्तान राशिद खानले आउट गरेका हुन । दीपेन्द्रले ३ चौका र एक छक्का प्रहार गरेका थिए । यसअघि रोहित कुमार पौडेल १ रनमा आउट भए ।
ठूला प्रहार खेल्न माहिर दिपेन्द्रले अफगानिस्तानबिरुद्ध पनि खासै जादु चलाउन सकेनन । एकपछि अर्को गर्दै विकेट झर्न थालेपछि ऐरी दबाबमा थिए ।


