Breaking News.... EverestOnlineKhabar
June 5, 2026

निर्धारित मितिमा काम पूरा गर्न बामगठवन्धनको कार्यदल असफल, म्याद थपिदै

Loading

काठमाडौं । बामगठवन्धनद्वारा पार्टी एकताका लागि गठन गरिएका दुवै कार्यदलको म्याद बढाइने भएको छ । कार्यदलले पाएको समयसीमा फागुन २५ भित्र प्रारम्भिक मस्यौदा तयार गर्न नसक्ने भएपछि म्याद थप्न लागिएको हो ।

बाम गठबन्धनले गत फागुन १० गते एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल गठन गरेर प्रतिवेदन तयार पार्न कार्यदेश दिएको थियो । दुवै कार्यदलको बैठक शुक्रबार बस्ने र शीर्ष नेतासमक्ष म्याद थपको प्रस्ताव गर्ने तयारी भएको छ ।

प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले प्रारम्भिक मस्यौदा तयार भइरहेको र अझै काम नसकिएकाले समय थपको प्रस्ताव गर्न लागेको बताए । त्यस्तै विधान मस्यौदा कार्यदल सदस्य गोकर्ण बिष्टले काम सम्पन्न गरी प्रतिबेदन बुझाउन थप एक साता लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed