Breaking News.... EverestOnlineKhabar
June 5, 2026

राज्यकोषबाट उपचार गर्ने व्यवस्था अब खारेज हुन्छ : मन्त्री पण्डित

Loading

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज गरिने बताएका छन् ।
भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग अब रोकिने बताएका हुन ।

‘हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने’ प्रवृत्ति हटाउन आफू लागिपर्ने मन्त्री पण्डितको भनाइ थियो । उनले नेपाली जनतालाई नेपालमै सहजरुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकार जोडतोडका साथ लागिरहेको बताए ।

मन्त्री पण्डितले स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुले देशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सम्मेलनमा देशभरिका मेडिकल ल्याबोरेटरीयनहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed