Breaking News.... EverestOnlineKhabar
June 5, 2026

स्टिल र एलुमिनियम आयातमा कर लगाउने ट्रम्पको योजना मत्थर

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्टिल र एलुमिनियम आयातमा कर लगाउने योजना केही मत्थर बनेको छ।
ती धातुहरू ठूलो मात्रामा आपूर्ति गर्ने क्यानडा र मेक्सिकोलाई छुट दिन सकिने ह्वाइट हाउसले जनाएको हो। ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले उनकै शब्दमा यी दुई देशलाई राष्ट्रिय सुरक्षाको आधारमा छुट दिन सकिने बताएकी हुन्।

स्टिल र अलुमिनियममा कर लगाउने योजना घोषणापछि ट्रम्प आफ्नो नीतिलाई कार्यान्वयनमा नलैजान तीव्र दवाबमा परेका छन्।
ट्रम्पकै प्रशासनभित्रका पनि केही मानिसले व्यापारिक युद्धले क्षति पुर्याउने भन्दै उक्त नीतिलाई कार्यान्वयनमा नलैजान भनेका थिए। कर लगाउने निर्णयलाई यो सप्ताहन्त अगावै ट्रम्पले अन्तिम स्वीकृति दिने ह्वाइट हाउसले जनाएको छ।

विदेश र रक्षा मन्त्रालयले लचिलो हुन अन्तिम समयमा राष्ट्रपतिलाई अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले स्टिलका सामानमा २५ प्रतिशत र एलुमिनियमका सामानमा १० प्रतिशत कर लगाउने बताएका छन्। तर कर लगाउने योजनाले व्यापार युद्ध ल्याउनसक्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।

अमेरिकाभित्रै र अन्य देशमा समेत विरोधहरू भए पनि राष्ट्रपति ट्रम्पले यो साताको अन्त्यसम्ममा कर लगाउने निर्णयमा हस्ताक्षर गर्ने स्यान्डर्सले बताएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed