Breaking News.... EverestOnlineKhabar
June 5, 2026

च्याम्पियन्स लिग फुटबलःटोटनह्यामलाई हराउदै युभेन्टस क्वाटरफाइनलमा

Loading

एजेन्सी,फागुन ।
इटालियन सिरी ए क्लब युभेन्टस युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा इंगलिस क्लब टोटनह्यामलाई २ – १ ले हराउदै समग्रमा ४ – ३ को जित निकाल्दै युभेन्टसले च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको हो ।
टोटनह्यामको घरेलु मैदानमा भएको दोस्रो लेगमा युभेन्टसले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । टोटनह्यामलाई उसैको घरेलु मैदानमा हराउन युभेन्टसका गोन्जालो हिगुईन र पाउल ड्यावलाले समान एक एक गोल गरे ।
टोटनह्यामका सन हेङ मिनले एक गोल गरे । यसअघि युभेन्टसको मैदानमा भएको पहिलो लेग २ – २ गोलको बराबरीमा सकिएको थियो । वेम्बलीमा खेलको ३९ औं मिनेटमा सन हेङ मिनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा युभेन्टस खेलमा फर्कदै घरेलु टोलीविरुद्ध लगातार दुई गोल गर्न सफल भयो । खेलको ६४ औं मिनेटमा युभेन्टसका हिगुईनले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै ६७ औं मिनेटमा ड्यावलाले गोल गर्दै युभेन्टसलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै साबिकको उपविजेता युभेन्टसले च्याम्पियन्स लिगको उपाधिमा होडमा आफुलाई कायम राखेको छ । गत सिजनको फाइनलमा युभेन्टस स्पेनिस क्लब रियल मड्रिडसँग ४ – १ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed