Breaking News.... EverestOnlineKhabar
September 28, 2026

पाकिस्तानलाई कालोसूचीमा राख्ने युरोपियन युनियनको चेतावनी

Loading

बीबीसी । युरोपेली युनियनले पाकिस्तानलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । सम्पत्ति शुद्धीकरण, आतंककारीलाई आर्थिक सहयोगलगायतका अन्तर्रा्ष्ट्रिय वित्तीय व्यवस्थाको विश्वसनीयतामा जोखिम उत्पन्न गराउने अपराध नियन्त्रणका लागि बनेको अन्तरसरकारी संस्था फाइनान्सियल एक्सन टास्क फोर्सले निगरानी सूचीमा राखेलगत्तै युनियनको यस्तो चेतावनी आएको हो ।

पाकिस्तानी भूमिबाट आतंककारीलाई मलजल हुने कार्य रोक्न अनिच्छुक र विफल भएको भन्दै टास्क फोर्सको बैठकले केही दिन पहिले पाकिस्तानलाई निगरानी सूचीमा राख्ने निर्णय गरेको थियो ।

निगरानी सूचीमा रहेको मुलुकलाई निश्चित समयावधिभित्र तोकिएका कामहरू पूरा गर्ने मौका दिइन्छ । त्यस अवधिमा पनि टास्क फोर्सको मापदण्ड पूरा नगरेमा आर्थिक प्रतिबन्ध लगाउने प्रावधान छ । टास्क फोर्सको वेबसाइटमा जनाइएअनुसार हाल उत्तर कोरिया र इरान टास्क फोर्सको कालो सूचीमा परेका छन् ।

अमेरिका र भारतको प्रयासमा पाकिस्तानलाई निगरानी सूचीमा राख्ने निर्णय भएको हो । यसपटक चीन र खाडी राष्ट्रहरूले पाकिस्तानलाई पहिलेजस्तो साथ नदिएको पनि समाचारमा उल्लेख गरिएको छ । युरोपेली संघले यसअघि नै आतंककारी गतिविधि नियन्त्रणमा पाकिस्तानको विफलताप्रति असन्तुष्टि प्रकट गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed