Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेसमा देउवा झन शक्तिशाली, संसदीय दलको चुनावमा देउवालाई ४४ र सिंहलाई १९ मत

Loading

काठमाडौं । नेपाली कांग्रेस सभापति पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन । सोमबार बिहान संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा कुल ६३ मतदाता मध्ये देउवाले ४४ मत प्राप्त गरे ।

देउवाको बिपक्षमा उभिएका नेता प्रकाशमान सिंहले १९ मत प्राप्त गरे । सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन थियो।

दलको नेताका लागि सोमबार बिहान १० बजदेखि १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भएको थियो ।
संसदीय दलको अंकगणितमा देउवा अगाडि भएपनि सिंहले आफूले चुनाव जित्ने दाबी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed