Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । कतिपय मोबाइल प्रयोगकर्ताले तीव्र गतिको फोर जी नेटवर्कको प्रयोग गर्न नपाइरहेका बेला चन्द्रमामा त्यसको शुरूवात गर्न लागिएको छ। भोडाफोन जर्मनी र नोकिया कम्पनी मिलेर चन्द्रमामा फोर जी सञ्चालनमा ल्याउनेछन्। फोर जीको प्रयोग गरेर रोबोटले त्यहाँबाट प्रत्यक्ष तस्वीरहरू पठाउन सक्ने बताइएको छ।

बर्लिनको पीटी साइन्टिस्ट्स कम्पनीका लागि फोर जी नेटवर्क सञ्चालनमा ल्याउन लागिएको हो। उक्त कम्पनीले चन्द्रमामा निजी रोबोट पठाउने योजना बनाएको छ। जसअन्तर्गत ’एपोलो ११ मिशन’ को ५० वर्ष पूरा भएको अवसर पारेर सो कम्पनीले चन्द्रमामा एउटा ’लञ्चर’ र दुईवटा रोबोट पठाउनेछ। ’एपोलो ११ मिशन’ अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्त्वाकांक्षी परियोजना थियो।

जुन परियोजना अन्तर्गत सन् १९६९ मा नील आर्मस्ट्रङ्ग र एड्विन अल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए।
भोडाफोन जर्मनीले भनेको छ, “आगामी वर्ष चन्द्रमामा फोर जी नेटवर्क हुनेछ। भोडाफोनले चन्द्रमामा पहिलो फोर जी नेटवर्क स्थापना गर्ने योजना बनाइरहेको छ। त्यसका लागि कम्पनले प्राविधिक साझेदारका रूपमा नोकियालाई चयन गरेको छ।“
पीटी साइन्टिस्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोबर्ट बोमले सौर्यमण्डलमा सस्तो अनुसन्धानको दिशामा यो पहिलो कदम हुने बताएका छन्। उनले भनेका छन, “यो प्रविधिको प्रयोगबाट हामीले सजिलो र कम खर्चमा एचडी भिडिओ डेटा प्राप्त गर्न सक्नेछौँ।“

अडी कार निर्माता कम्पनीले बनाएको रोबोट पहिलो पटक निजी खर्चमा चन्द्रमामा पठाइनेछ। सामान्यतया इन्टरनेट सेवाका लागि टावर राखिन्छ। तर चन्द्रमामा त्यस्तो हुनेछैन। नोकियाले फोर जीका लागि अहिलेसम्मकै सबैभन्दा हलुका ट्रान्समिशन उपकरणको निर्माण गर्नेछ।

नोकियाका अनुसार उक्त उपकरण एक किलोभन्दा पनि कम तौलको हुनेछ। फोर जीका लागि १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डको प्रयोग गरिनेछ, जुन एचडी भिडिओका लागि आवश्यक हुन्छ। सबैभन्दा पहिला दुईवटा रोबोटले ’बेस स्टेशन’ अर्थात् लञ्चरलाई एचडी भिडिओ पठाउनेछन् र त्यसपछि ’बेस स्टेशन’ ले उक्त भिडिओलाई पृथ्वीमा पठाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed